
अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकाले यसको सञ्चालनमा शङ्का नगर्न आग्रह गरे । हालको टर्मिनल भवन निर्माण भए त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माणको तयारी भइरहेको उनले जानकारी दिए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा लुम्बिनी राष्ट्रिय महोत्सव महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।