काठमाडौँ । अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित ‘दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ । मानव अधिकार, कानुनी शासन एवं सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोगद्वारा मंगलबार आयोजित समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वरिष्ठ अधिवक्ता भण्डारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गरेका हुन् । अधिकारकर्मी दयाराम परियारको मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाहीकालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागि उपचारको क्रममा चैत १५ गते सहादत भएको थियो ।अधिकारकर्मी परियारको सम्मानमा हरेक वर्ष ‘दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार’ प्रदान गरिँदै आइएको हो ।

