
सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका साथै प्रविधि र विकासको साझेदारी र अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । उक्त सम्मेलनले विश्वका प्रभावशाली सहकार्य गरी मुलुकको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ ।सम्मेलनको उद्घाटनमा शिक्षामन्त्री विद्या भट्टराई, त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, पूर्व मन्त्रीहरू कमल थापा, डाक्टर युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डाक्टर प्रकाशशरण महत लगायतको उपस्थिति रहेको थियो ।