काठमाडौँ । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जना खुला/समावेशी प्रतिश्पिर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ । दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।
तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन । अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना तह ७ इलेक्ट्रिकल इन्जिनियर माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह तीर्णले दरखास्त दिन सक्नेछन् । प्रशासनतर्फ तह ७ प्रशासकीय अधिकृमा ३८ जना माग गरिएको छ । जुनसुकै विषयमा स्नातकोक्त उतीर्णले दरखास्त दिन पाउनेछन् ।
तह ७ लेखा अधिकृतमा ३१ जना माग गरिएको छ । वाणिज्यशाष्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उतीर्णले दरखास्त दिन पाउनेछन् । प्राविधिकतर्फ तह ७ कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ । कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् । प्राविधिकतर्फ तह ७ सिभिल इन्जिनियर ९ जना माग गरिएको छ । सिभिल इन्जिनियरिङमा स्नातक तह उतीर्णले आवेदन दिन सक्नेछन् । प्राधिकरणतर्फ तह ८ सहायक प्रबन्धक इलेक्ट्रिकलका लागि ८ जना माग गरिएको छ । इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर तह उतीर्ण र नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरको पदमा पाँ वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् । प्रशासनतर्फ ७ तहमा ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सिए उतीर्णले आवेदन दिन सक्नेछन् ।

