मानव बेचबिखनका घटना बढ्दो सिमानाबाट ५९८ महिला, बालबालिकालाई उद्वार,
zeenepal
२०८१ पुष १६,
42
Shares
नेपालगन्ज पौष। माइती नेपाल र नेपाल पत्रकार महासंघ बाँकेको सयुक्त रूपमा मानव बेचबिखन तथा ओसारपसार बिरूद्व संचारकर्मीहरूसंगको अन्तरक्रिया कार्यक्रम मंगलबार नेपालगन्जमा आयोजना गरिएको छ । अन्तरक्रियामा माइती नेपाल नेपालगन्जका संयोजक केशब कोईरालाले साजिक संजालको माध्यबाट मानबबेचबिखनको गर्ने गिरोह सक्रिय रहेको हुनाले सबै सचेत हुनु पर्ने बताए । कोईरालाले जोखिमपुर्ण यात्रामा रहि सिमानाबाट ५९८ महिला, बालबालिकालाई उद्वार, श्रम र यौवन शोषणमा परि उद्वार १३ जना महिला, बालबालिकालाई उद्वार, नेपाल र भारतका सिमानामाबाट परामर्श दिई ४३८ जनालाई घर फिर्ता, खोज तलासको निबेदन ७७७ जनाको निबेदन आएकोमा फेला ४०७ जनालाई परेको बताए ।
संयोजक कोइरालाले घरेलु हिंसाका निबेदन १२ जनाको मध्ये १० जनाको समस्या समाधन गरेको बताउदै माइती नेपालले सिपमुलक तालिम ३ जना र बेचबिखन घटनाको ३ वटा मुद्वा दर्ता गरेको बताउदै मानवबेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नमिलन ६१३ जनालाई गराईएको बताए । मङ्गलबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले हराएका मध्य ४०७ जना फेला परेको जानकारी दिनुभयो ।
कोइरालाले भन्नुभयो, पछिल्लो समय मानव बेचबिखनका लागि सामाजिक सञ्जालको प्रयोग बढीरहेको छ, वैदेशिक रोजगारीमा जानेहरू पनि बेचबिखनको जोखिममा छन् । सामाजिक सञ्जालसँग जोडिएर चिनजानको आधारमा बङ्गलादेश जान लागेकी युवतीको समेत उद्दार गरिएको छ । उनी इन्स्टाग्राममा चिनजान भई त्यसतर्फ जान लागेको माइती नेपालले जनाएको छ । भारत तथा तेश्रो मुलुकमा रहेका र समस्यामा परेका नेपालीहरुको उद्धारका लागि राज्यस्तरबाट प्रभावकारी संयन्त्र गठन गर्न माइती नेपालले माग गर्दै आएको छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेकाको सीमाबाट उद्दार,पारिवारिक पूनर्मिलन,श्रम तथा यौन शोषणमा परेकाको उद्दार लगायतका काम गर्दै आएको जनाएको छ । अन्तरर्किया कार्यक्रम नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।