काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म नभएको बताएका छन् । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताए । मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनले स्पष्ट पारे।
ADVERTISEMENT

