
मुख सचेतक परियारले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको बताए । उनले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयले निष्पक्ष फैसला गर्नेमा पूर्णरुपमा पार्टी विश्वस्त रहेको बताए । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस भइरहेको छ ।