
यही पुस २७ गते राप्रपाले आयोजना गर्ने पृथ्वी जयन्ती विशेष कार्यक्रमको निम्तो दिन आफू बुढानीलकण्ठ गएको अध्यक्ष लिङ्देनले बताए । समसामयिक राजनीतिक विषय र संविधान संशोधनका विषयमा पनि कुराकानी भयो कि भन्ने कान्तिपुरको प्रश्नमा लिङ्देनले भने, 'दुई जना पार्टीका प्रमुख नेताबीच विभिन्न विषयमा छलफल त हुने नै भयो । पृथ्वी जयन्तीको निम्तो दिन गएको हुँ । त्यस्तो समाचार बन्ने खालको केही छैन ।
पृथ्वी जयन्तीका अवसरमा राप्रपाले विभिन्न कार्यक्रम गर्दै आएको छ । राप्रपाले पृथ्वी जयन्तीको दिन प्रत्येक वर्ष चियापान गर्दै आएको छ । उक्त दिन राप्रपाले प्रमुख दलका शीर्ष नेताहरूलाई एउटै मञ्चमा समेत जुटाउँदै आएको छ ।