अध्ययन बिदाबाट नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र कारबाही गरिने
zeenepal
२०८१ पुष २३,
6
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकलाई दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही गर्ने भएको छ । रेक्टर खड्ग केसीको कार्यकक्षमा धर्नामा बसेका पाँच विद्यार्थी संगठनसँग नफर्किने प्राध्याकपलाई कारबाही गर्ने सहमति भएको हो ।अध्ययन बिदामा गएर नफर्किने शिक्षकको उक्त अवधिको सेवा, सुविधा, तलब एकिन विवरण दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ अखिल क्रान्तिकारी त्रिविका अध्यक्ष दिनेश ऐरले भने । २०४५ सालदेखि अध्ययन बिदामा बसेका त्रिविका शिक्षक काममा फर्किएका छैनन् ।
तर कति प्राध्यापक फर्किएका छैनन् भन्ने यकिन तथ्यांक त्रिविसँग छैन । त्रिविले हाल तथ्यांक संकलन गरिरहेको छ ।त्यसैगरी त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन पनि सार्वजनिक गर्न सरकारलाई पत्रचार गर्ने भएको छ । जग्गा अतिक्रमण गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाउन त्रिवि पदाधिकारी सहमत भएका छन् । विभन्न माग राखेर पाँच वटा विद्यार्थी संगठन रेक्टर कार्यालयमा धर्नामा बसेका थिए ।त्रिवि र विद्यार्थीबीच ९ बुँदे सहमति भएपछि विद्यार्थी संगठनले धर्ना अन्त्य गरेका छन् ।