काठमाडौं ३ असार। प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताएका छन् । प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए ।शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा एसपीपीबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्मा ।
एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन,' प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक भए पनि अब त्यसमा बिराम लगाउनुपर्ने बताए ।सुरुमा मानवीय सहयोगका लागि कुरा आएकोले पत्राचार भएको उनको भनाइ थियाे । 'मानवीय सहयोगका लागि चिठी लेखेको हाे सैन्य गठबन्धनमा जाने भएपछि हामी जाने हाेइन,' उनले भने ।
एसिया प्यासिफिक क्षेत्र हेर्ने अमेरिकी सैनिक जर्नेल फ्लिनलाई पनि सैन्य गठबन्धनमा नजाेडिने स्पष्ट भाषामा भनिएकाे प्रधानसेनापति शर्माले बताए ।
ADVERTISEMENT