काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भेट भएको छ ।शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपाल भेटवार्ता चलिरहँदा लिङ्देन पुगेका हुन् ।राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् ।हामी निम्तो दिने कार्यक्रममै व्यस्त छौं,’ श्रेष्ठले भने, ‘स्वभाविक रुपमा तीन नेताबीच भेट भएपछि केही कुराकानी त हुने नै भयो ।यद्यपि उनले भेटवार्ताको अन्य विषय भने खुलाएनन् ।
प्रचण्ड र माधवसँगको भेट गर्न अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए ।नेता श्रेष्ठसँगको भेटवार्तापछि लिङ्देनले प्रचण्ड र नेपाललाई भेटेका हुन् ।प्रचण्ड–नेपालको भेटवार्तामा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भइरहेको बताइएको छ ।समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपा र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समाजवादी मोर्चामा सक्रिय छैन ।बिहीबारको छलफलमा मोर्चामा उपेन्द्रलाई सक्रिय बनाउने जिम्मा माधव नेपाललाई दिइएको थियो ।बैठकमा अध्यक्ष नेपालले उपेन्द्रसँग कुरा गर्ने जिम्मा आफूलाई लिनुपर्ने बताएका थिए ।
ADVERTISEMENT

