बार एसोसिएसनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा
zeenepal
२०८१ माघ ३,
6
Shares
काठमाडौँ । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गरी एसोसिएसनले सो आक्रमणको निन्दा गरेको हो ।बुधवार सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।
बार एसोसिएसनले सो साङ्घातिक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ : ‘न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षा माथि नै गम्भीर चुनौती देखिएको छ ।
त्रिपाठीमाथि गाली गलौज गरी साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।