
मन्त्री भण्डारीले विदेशी पुँजी र प्रविधि दुवै भित्र्याउन आवश्यक रहेको बताए । उनले सरकारले वैदेशिक पुँजी प्रविधिसँग जोड्ने योजनामा रहेको बताए । उनले अहिले नेपालको वित्तीय क्षेत्रमा पुँजी थुप्रिएर बसेको भन्दै सम्भावना भएका क्षेत्रमा वित्तीय क्षेत्रले लगानी गर्न आवश्यक रहेको बताए । उनले ग्रामीण क्षेत्रमा करिब एक खर्बभन्दा बढी पुँजी हुने रुखहरू लडिरहेको भन्दै त्यसलाई उपभोगको नीति ल्याउने गरी सरकारले काम गरिरहेको बताए । उनले स्थानीय स्रोत र साधनको प्रयोग स्थानीयले गर्न पाउनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले स्वदेशी वस्तुहरूको प्रदर्शनीहरू काठमाडौँमा मात्रै सीमित हुन नहुने भन्दै सात प्रदेशका औद्योगिक क्षेत्रहरूमा आयोजना गर्न आवश्यक रहेको बताए ।