
उनले भने, ‘अभियोजन लाग्ने बित्तिकै कोही मान्छे दोषी पनि हुँदैन र सबै मान्छे निर्दोष हुन्छ भनने कल्पना पनि गर्नु हुँदैन । हाम्रो नेपालको जुन कोर्ट छ त्यो अब्बल छ । महान्यायाधिवक्ताको कार्यालयले गर्नुभएको कामको पनि उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्य लोकतान्त्रिक देशहरूमा पनि रिटर्नी जनरल सरकारको प्रमुख सल्लाहकार हुन्छ ।मन्त्री चौरसियाले महान्यायाधिवक्ताको कार्यालयका समस्या र स्रोत व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिए ।