
सरकारले अध्यादेश मार्फत गैरआवासीय नेपालीहरूलाई १० वर्षे भिसा दिने व्यवस्था लागू गरेपछि संघका अध्यक्ष डा. बद्री केसीले राजनीतिक नेतृत्वसँगको भेटलाई तीव्र पारेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई समेत भेटेर संघका मागबारे ध्यानाकर्षण गराएका थिए ।