एउटै मञ्चमा मधेश नेताहरु गजेन्द्र बाबुको पुण्यतिथि पार्टी एकताको चर्चा
zeenepal
२०८१ माघ ११,
51
Shares
काठमाडौं । मधेसवादी दलका बीचमा पुनः पार्टी एकताको चर्चा सुरु भएको छ । शक्ति र सत्ताका लागि टुटफुटले शक्तिविहिन भएका मधेसवादी दलका बीचमा पुनः एकता हुनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रद्वारा बिहिबार गजेन्द्र बाबुको २४औं पुण्यतिथिको अवसरमा काठमाडौंमा “गजेन्द्र बाबुको चिन्तन र मधेशको भावी कार्यदिशा’’ विषयक विचार विमर्श कार्यक्रम सहभागि मधेसवादी दलका शीर्ष नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् ।उनीहरुले गजेन्द्र बाबुले विकट परिस्थितिमा गरेको अधिकार पहिचानको आन्दोलनको मुक्त कण्ठले प्रशंसा गर्दै मधेसी, आदीवासी जनजाती एवं अधिकारबाट बञ्चित समुदायको हकअधिकारका लागि मधेसवादी दलहरु एकीकृत हुनुपर्ने बताए । साथै मधेसवादी पार्टीहरुले पुनः सहकार्य गर्नुपर्ने र आदिवासी जनजाति लगायत उत्पीडित अन्य जाति र समुदायसंग समेत सहकार्य गर्नुपर्नेमा जोड दिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जनाएका छन् ।
कार्यक्रममा सहभागि जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह क्रान्तिकारी नेता भएको बताएका छन् । गजेन्द्रबाबुले देखाएको बाटोमा हिडनका लागि मधेसवादी दलहरु एकजुट हुनुको बिकल्प नभएको उनले बताए । उनले गजेन्द्रबाबुले प्रजातन्त्रका लागि क्रान्ति गरेको भएपनि उनले आफ्नो टिम बनाउन नसकेको टिप्पणी यादवले गरे । साथै उनको साथमा रहेका नेताहरु स्वार्थी रहेको उनले बताए ।
देशमा थुप्रै परिवर्तन भएको उल्लेख गर्दै यादवले त्यसका लागि गजेन्द्रनारायणले निकै संघर्ष गरेको बताए । देशमा परिवर्तन भएपनि खस आर्यको शासन प्रणालीमा परिवर्तन नभएको बताउँदै उनले भाषा, संस्कृतिमा कुनै परिवर्तन नआएको बताए । त्यस्तै, देशको ब्राह्मणवादी सोचमा पनि परिवर्तन नआएको उनले बताए । अहिले यथास्थितिमा मधेसले आन्दोलन गरेपनि मुक्ति प्राप्त गर्न नसक्ने बताउदै उनले अहिलेको व्यवस्थामा परिवर्तन आवश्यक रहेको बताए ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसी, आदीबासी जनजाती लगायतका अधिकारका लागि अझै संघर्षको आवश्यक्ता रहेको बताए । त्यसका लागि मधेसी, आदीबासी जनजाती सबै एकजुट हुनुको बिकल्प नभएको बताउदै एकताबाटै सफलता पाउने बताए ।तर विगतमा पार्टी एकता गरिए पनि किन विभाजन हुन पुग्यो त्यसको मा गम्भिर समिक्षाको आवश्यक्ता भएको बताए । नेपाली कांग्रेस र नेकपा (एमाले)ले दुई दलीय प्रणाली स्थापना गर्न खोजेको बताउदै मधेसी, आदीवासी जनजातीलाई अधिकार बिहिन बनाउने खेल भईरहेको बताए ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त सीकेराउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र बताए । सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस आफूले गरेको उनले बताए । उनले मधेसवादी दलहरू अब एकत्रित हुने ठुलो सम्भावना रहेको पनि बताए । उनले दुई वटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताए ।मधेसवादी दलहरू एकत्रित हुने ठुलो सम्भावना छ । दुई वटा ठुला दलहरू आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुई वटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन’, राउतले भने ।यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले सम्पूर्ण मधेस एक बनाउन मधेसवादी दलका बीचमा एकताको बिकल्प नभएको बताए । डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मधेसलाई दुई प्रदेश बनाउने सहमति भएको तर मधेसवादी दलका कारण मधेस ८ जिल्लामा सीमित भएको उनले बताए ।
छापामार शैलीमा भएको एकीकरण छापामार शैलीमा टुक्रिएको बताउँदै उनले प्रदेशमा चुनाव गराउने समयमा भूगोलमा बेइमान गरेका कारण आफू एकीकरणमा नगएको पुरानो कुरा उनले सम्झिए । साथै उनले अहिलेको मधेसको राजनीति जातका आधारबाट विभाजन भएको टिप्पणी गरे । मधेसमा मोर्चा बनाउनका लागि दलहरूको बिचमा सहमति हुनु आवश्यक रहेको उनले बताए ।जनता समाजवादी पार्टी जसपाका सहअध्यक्ष रेणुकुमारी यादवले मधेसवादीका प्रमुख दलका शीर्ष नेताहरुलाई संगै चिया खादै मधेसवादीका बीचमा एकताको मा गम्भिर भएर छलफल गर्नुपर्ने सुझाव दिईन् ।कार्यक्रममा जसपाका नेता तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरि नवलकिशोर साह, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल, संघीय सामाजवादी पार्टीका महासचिव अनन्त राई लगायतको सहभागिता रहेको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रका अध्यक्ष अनिलकुमार महासेठले जनाएका छन् ।