
ड्युटीमा खटिएको सिपाहीलाई आक्रमण गर्नेलाई पक्राउ गरेर कारबाही गर्न मन्त्रीले निर्देशन दिनुपर्ने अवस्था आउनु ‘दुर्भाग्य’ भएको प्रहरी अधिकृतहरू बताउँछन् । एक पूर्वडीआईजीले रातोपाटीसँग भने– ‘ड्युटीमा कुटाइ खाँदा सङ्गठनले आरोपीलाई कारबाही गर्न खुट्टा कमाउनु दुर्भाग्य हो, यस्ता घटनाले प्रहरीको मनोबल कमजोर बनाउँछ ।पक्राउ परेकाहरूलाई पनि प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने गरी उनीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरु सामान्य धरौटीमा छुट्ने प्रचलन छ ।