काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिको बैठकमा निरन्तर सहभागी भएका नन्दबहादुर पुन पासाङ तराई मधेश जागरण अभियानमा भने देखिएका छैनन् ।नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू यही फागुन १२ गतेदेखि सुरु भएको तराई–मधेश जागरण अभियान अन्तर्गत विभिन्न जिल्ला भ्रमणमा छन् । जबकी यो अभियान घोषणा गर्ने केन्द्रीय समितिको बैठकमापासाङ उपाध्यक्षको लहरमा बसेका थिए ।दुई कार्यकाल पूर्व उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका पासाङ पुनः राजनीतिमा सक्रिय हुन खोजेको विषयलाई लिएर कतिपयको चासो रहेका बेला पासाङ माओवादीको जागरण अभियानमा भने नदेखिएका हुन् ।
अभियानका क्रममा बुधबार विराटनगरमा भएको पत्रकार भेटघाटमा पासाङको विषय उठ्यो । पत्रकारहरूको प्रश्नमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङले पार्टीको औपचारिक जिम्मेवारी पाउन बाँकी रहेकाले अभियानमा सहभागी नगराइएको बताए ।पासाङलाई पार्टीमा कुन तहको जिम्मेवारी दिने भन्ने विषयमा समेत निर्णय हुन बाँकी रहेको प्रचण्डले सुनाए ।नन्दबहादुर पुनलाई ल्याउने अभियानमा ल्याउने बारेमा कुनै विवाद भएको छैन । तर प्रदेशका साथीहरुको राय सुझाव पनि बुझेर मात्रै उहाँलाई औपचारिक जिम्मेवारी दिँदा ठीक हुन्छ भन्ने हुनाले औपचारिक जिम्मेवारी अथवा हामीले उहाँलाई उपाध्यक्ष दिने यहो या सचिव दिने हो या त उपमहासचिव बनाउने हो भन्ने बारेमा निर्णय गरिनसकेको हुनाले अभियानमा नल्याएको हो’ प्रचण्डल
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ दायाँबाट दोस्रोसहितका नेताहरु । तर, यसअघि गत पुस २१ गतेदेखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा भने पासाङ उपाध्यक्षको लहरमा बसेका थिए । त्यसबेला पासाङलाई उपाध्यक्षको जिम्मेवारी दिने तयारी रहेको नेताहरूको बुझाइ थियो । तर, बुधबार अध्यक्ष प्रचण्डले नै उपाध्यक्ष, सचिव वा उपमहासचिव के जिम्मेवारी दिने भनेर तय नै नभएको बताएका हुन् । अर्थात, प्रचण्डका अनुसार पासाङले पार्टीभित्र कुन तहको जिम्मेवारी पाउँछन् भन्ने तय भएको छैन ।रोल्पाका पासाङ माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धमा लडाकु कमान्डर थिए । माओवादी विद्रोहमा सहभागी हुनुअघि उनी शिक्षण पेसामा थिए । शिक्षक पेसा छाडेर सशस्त्र युद्धमा होमिएका उनी शान्ति प्रक्रियापछि पार्टी राजनीतिमा सक्रिय थिए ।दोस्रो संविधानसभाको निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार भए । तर, नेपाली कांग्रेसका गगन थापासँग पराजित भएका थिए । संविधान जारी भएपछि भने उनलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।उपराष्ट्रपतिको रुपमा पासाङ २०७२ देखि २०७९ सालसम्म रहे । २०७९ चैत २ गते उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि पासाङ बाहिरिएका हुन् ।त्यसयता लामो समय राजनीतिमा निष्क्रिय रहेका पासाङ गत कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा सहभागी भएका थिए । त्यसयता माओवादीको नियमित बैठकमा सहभागी हुँदै आएका उनी जागरण अभियानमा भने देखिएका छैनन् ।