काठमाडौं । सरकारले ७८ सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सरुवाको सूची सार्वजनिक गरेको हो ।संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । यस्तै, संघीयकै दिलिपकुमार गौतमको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
संघीयकै योगेन्द्रप्रसाद दुलाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।संघीयकै युवराज अधिकारीको मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको कामकाज तोकिएको छ ।संघीयकै भविश्वर पाण्डे गृह मन्त्रालयमा सरुवा हुँदा चन्द्रबहादुर सिवाकोटीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलमा सरुवा भएको छ ।बलराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा हुँदा श्रम तथा यातायात मन्त्रालयका सुरेन्द्र पौड्याल पनि गृह मन्त्रायल पुगेका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । सहसचिव नरहरि घिमिरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट गृह मन्त्रालयमा सरुवा भएको छ ।