सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै
zeenepal
२०८१ फाल्गुन २८,
3
Shares
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको रिटमा आज पुनः सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा आजदेखि उक्त रिटमा पुनः सुनुवाइ हुन लागेको हो ।यसअघि गत असोज ९ गते निर्णय सुनाउने मिति तय भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको थियो ।
२०६९ मङ्सिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सापकोटासहित माओवादी कार्यकर्ताहरुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।तर लामो समयसम्म प्रहरीले किटानी जाहेरी नै लिन मानेन । सर्वोच्च अदालतको आदेशपछि २०६९ मंसिरमा सापकोटासहित माओवादी नेताहरुविरुद्ध रिटा दायर भएको थियो । सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।