
प्रधानमन्त्रीज्यूको होली विशेष केही कार्यक्रम छैन । सार्वजनिक बिदा भएकाले सार्वजनिक कार्यक्रम पनि बनेको छैन । सायद दिनभर आज प्रधानमन्त्री निवासमै बस्नुहुन्छ होला’, उनले भने । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फागु विशेष कुनै कार्यक्रम नभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उहाँको आज कुनै सार्वजनिक कार्यक्रम छैन । निवासमा पनि होलीको कार्यक्रम राखिएको छैन । सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँग होली मनाउने कार्यक्रम अहिलेसम्म तय भएको छैन’, देउवाले भने ।
मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा भाग लिन बुधवार बुटवल पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडान प्रभावित भएपछि भर्खर काठमाडौँ आइपुगेका छन् । प्रचण्ड पार्टी उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ पुण्य तिथिमा सहभागी भएर निवासमा बस्ने स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । प्रचण्डको फागु विशेष कुनै कार्यक्रम छैन । उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ दिनको कार्यक्रममा सहभागी भएर निवासमै बस्नुहुन्छ’, उनले भने । यस्तै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालको पनि फागु विशेष कुनै कार्यक्रम नभएको उनको सचिवालयले जनाएको छ । आज दिनभरि निवासमै बस्ने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।