काठमाडौं ७ असार। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश र संघीय निर्वाचनको मिति छिटो तोक्नुपर्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी प्रदेश र संघीय निर्वाचन छिट्टै तोक्नुपर्ने बताएका हुन् । उनले गठबन्धनलाई भाँड्ने चलखेल भइरहेको पनि बताए । गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनको भनाइ छ ।
‘समग्र गढबन्धनलाई भत्काउने ढंगले, यसलाई भाड्ने ढंगले जुन खालका चलखेल भइरहेका छन् । निर्वाचनको समय पनि आइसकेको छ । अब निर्वाचनमा जाने बेला भइसक्यो त्यसको निर्णय त उपयुक्त समयमा मन्त्रिपरिषद्ले गर्छ । गठबन्धनलाई भाँड्ने चलखेल भइरहेका छन् । गठबन्धनलाई बचाउने, अहिलेको प्रणालीलाई बचाउने, निर्वाचन प्रक्रियालाई खलबल गराउने खालको चलखेल हुन खोज्दैछ । त्यसलाई चिर्नका लागि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुन्छ’, उनले भने।