नेपालगञ्ज ७ असार। भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख समेत रहेका सिकेलसेल विशेषज्ञ डाक्टर राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोग न्यूनीकरण गर्न हरेक ब्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका छन् ।सरकारले सिकलसेल रोगका बिरामीका लागि विशेष राहत कार्यक्रम ल्याएपनि थालेसेमिया रोग सम्बन्धी बिरामीलाई सम्बोधन नगर्दा उपचार गर्न समस्या भइरहेको उनको भनाई छ ।नेपालगन्जका सञ्चारकर्मीलाई सोमबार अभिमुखिकरण गर्दै डाक्टर पाण्डेले यसका लागि स्क्रिनिङ गर्नु नै उत्तम उपाय भएको बताए ।उनले भने, ‘कम्तीमा जनसंख्याको एक प्रतिशतलाई रोग समस्याको रुपमा पाए जनस्वास्थ्य समस्या मानिन्छ । बाहुन, क्षेत्री सबैमा भेटिएको छ तर न्यून समस्या छ । बाँके, बर्दिया, दाङ र कैलालीका थारु समुदायमा कम्तीमा १० भन्दा बढीमा पाइएको छ । यो जनस्वास्थ्य समस्या हो ।’
सरकारले अति आवश्यकीय औषधिको सूचिमा सिकलसेलका बिरामीले पाउनुपर्ने औषधिलाई समावेश गरेपनि बीमाको सूचिमा भने राखिएको छैन् । जसले गर्दा बीमा गरेका सिकलसेलका बिरामीले बीमा गरेपनि औषधि पाउन नसकेको डाक्टर पाण्डेको भनाईछ ।थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको र अन्य समुदायमा समेत देखिएको सिकलसेल तथा थालेसेमिया रोगको उपचारलाई प्रभावकारी गराउन सरकारले नीतिगत सुधार गर्न जरुरी रहेको सिकलसेल विज्ञ समेत रहेका डाक्टर पाण्डेको सुझाव छ ।सिकलसेल तथा थालेसेमिया न्यूनिकरणका लागि बाहकको पहिचान गर्न अत्यन्तै जरुरी छ उनले भने–‘त्यसका लागि कम्तिमा पनि विहे अगाडि किशोर किशोरीको स्क्रिनिङ गर्नै पर्छ ।’
सिकलसेल तथा थालेसेमियाबाट भावि पुस्तालाई जोगाउने उपाय भनेकै रोगी–रोगीबीचको विवाह रोक्नु हो । यदी एउटा रोगी र अर्को निरोगी छ भने विवाह गर्न मिल्ने डाक्टर पाण्डेको भनाइ छ । सिकलसेल र थालेसेमिया रोगको उपचार खर्चिलो हुने भएकाले राज्यले नीतिगतरुपमा पहलदकमी लिनु पर्ने डाक्टर पाण्डेले बताए ।पश्चिम नेपालका थारु समुदायमासहित अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगका बिरामीलाई आवश्यक औषधि बीमाको सूचिमा समेत नसेटिएका कारण थप सास्ती खेप्नु परेको छ ।उनले सिकलसेल र थालेसेमियाका बिरामीको वीमाको प्रिमियर सरकारले नै तिरिदिनु पर्ने तर्क राखे ।
सो क्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ लगायतले पनि सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे आफ्नो धारणा राखेका थिए ।
ADVERTISEMENT