
हस्तान्तरण गरिने सामग्रीहरूको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताए । खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरू, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरू पठाउने जानकारी दिए ।उनका अनुसार २७ मेट्रिक टनभन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । । यो भन्दा पहिला नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम म्यानमारमा गएर काम गरिरहेको बताए । अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाइने बताए ।प्रवक्ता बुढाथोकीले निजी संघ संस्थाको सहयोगका साथै सरकारसँग मौज्दात सामग्रीहरू समावेश गरेर राहत सामग्री पठाउन लागिएको बताए ।