
सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरी प्रहरीले डिल्लीबजार कारागारमा लगेर बुझाएको थियो । 'अनधिकृत' रहेको पाइएपछि प्रहरीले पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई नै पक्राउ गरेर हिरासतमा राखेको छ । सर्वोच्चले विज्ञप्ति जारी गर्दै चौधरी पक्राउ गर्नेसम्बन्धी पत्र अनधिकृत भएको र विष्टमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ ।संरक्षक चौधरी पक्राउ परेसँगै जनमत र नाउपाको एकीकरण घोषणा कार्यक्रमसमेत स्थगित भएको छ ।