[caption id="attachment_17432" align="alignnone" width="1080"]
जनकपुरधाम : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतसँग भेटघाट गरेका छन् ।शुक्रबार काठमाडौंमा भएको भेटघाटको क्रममा दुई देश र पार्टीबीचको सम्बन्धलाई अझ मैत्रीपूर्ण बनाउनेसहितका विषयमा छलफल भएको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको सचिवालयले जनाएको छ।[/caption]
चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं उत्रिएका हुन् । उनले यसबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखक र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटघाट गरिसकेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो नदिइरहेका बेला चौथाइवालेको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।
