
'सत्ता गठबन्धनमा पनि कुनै समस्या छैन, 'उनले भने, 'कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। हाम्रो पार्टी सबैभन्दा ठूलो भए पनि बहुमत छैन, त्यसैले गठबन्धन आवश्यक छ। अहिले एमालेका नेता केपी ओलीसँग गठबन्धन छ र गठबन्धनमा समस्या छैन। गभर्नर नियुक्तिको सम्बन्धमा समस्या प्रधानमन्त्रीले सिर्जना गरेका होइनन्, त्यो राष्ट्र बैंकभित्रकै समस्या हो। उनले ओली कांग्रेसलाई गभर्नर दिन सकारात्मक रहेको र त्यसमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए ।देउवाले वर्तमान सरकारले विकास निर्माणमा निजी क्षेत्रलाई पनि समेट्दै अध्यादेशमार्फत ऐन निर्माण गरेको दाबी गरेका छन्।