पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
zeenepal
२०८२ बैशाख २३,
6
Shares
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् । कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा नेपालले खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने घिमिरेले बताए ।
बामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।