रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
zeenepal
२०८२ बैशाख २३,
3
Shares
काठमाडौँ । वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले गृहमन्त्री लेखकले २५ गते प्रतिनिधिसभामा जानकारी दिने मौखिक जानकारी आएको बताए ।
आजको बैठकमा आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले जवाफ दिने समयको निश्चित नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताएका थिए । संसदमा उनीहरू बोलेको सुनिन्थ्यो तर सभामुखले उनीहरूलाई बोल्न माइक भने दिएनन् । विरोध जनाउनुअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनको पक्राउको निष्पक्ष छानबिनको माग गरेकी थिइन्।उनीहरू उठेपछि सभामुख घिमिरेले आकस्मिक तथा शून्य समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।