बीजेपी वरिष्ठ नेता कोश्यारी प्रचण्ड निवासमा भेटवार्ता
zeenepal
२०८२ बैशाख २५,
6
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन् ।ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भेटवार्ता भएको हो ।प्रचण्डको सचिवालयले भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ ।
तर, भेटवार्ताको विवरण खुलाएको छैन ।कोश्यारी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)का भारततर्फका संयोजक हुन् । एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन् ।यसअघि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउँदा प्रचण्डलगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।