द्वन्द्व र विकृति निदानको अचुक उपाय बौद्ध शिक्षा : प्रधानमन्त्री देउवा
zeenepal
२०७९ असार १०,
3
Shares
बुटवल १० असार,। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा व्याप्त द्वन्द्व,तनाव र विकृति निदानको अचुक उपाय बौद्ध शिक्षा हुन सक्ने बताएका छन् ।लुम्बिनी वौद्ध विश्वविद्यालयको दोस्रो दीक्षन्त समारोहलाई शुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वौद्ध शिक्षा तथा दर्शनलाई मार्गदर्शक सिद्धान्तका रुपमा अनुशरण गरी विश्वमा दीगो शान्ति स्थापना गर्न सकिने बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय तहमा बौद्ध शिक्षाको अनुसन्धनात्मक आवाज पुर्याउन सक्ने जनशक्ति देशलाई आवश्यक भएको बताए ।शाक्य मुनिले ४५ वर्ष अनवरत गर्नुभएको ज्ञानमय यात्रा आजको विश्व परिवेशमा पनि प्रतिविम्बित हुन आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए ।
विश्व विद्यालयको स्तरोन्नति र विकास आफैमा चुनौतिपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ऐनले परिकल्पना गरेअनुसार वौद्ध विपुलताको विश्वव्यापीकरणका लागि सीपयुक्त शैक्षिक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्व विद्यालयलाई बौद्ध शिक्षा,साहित्य,कला,इतिहासको अध्ययन अध्यापनसंगै अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक अन्तरक्रियाको केन्द्र बनाउने उद्देश्यलाई भुल्न नहुने बताए ।