नेपालगञ्ज १० असार। भारतबाट भन्सार छली ल्याएको ठुलो परिमाणको चिनी र दाल बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १ नन्दनी मिलको प्राङगणमा भन्सार छली चोरी पैठारीको सामान रहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा भित्र्याइएका सामानहरु भण्डरण गरी राखेको अवस्थामाबाट बरामद गरेको हो ।
प्रहरीका अनुसार, उक्त स्थानमा तलासी लिँदा खरिद विक्रीको कुनै कागजात नभएको ५२० वोरी चिनी अन्दाजी मुल्य १८ लाख २० हजार र बोडीको दाल ५१ वोरी मुल्य १ लाख ७ हजार गरि जम्मा १९ लाख २७ हजार बराबरको बरामद गरेको हो ।उक्त सामानलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझइाएको प्रहरीले जनाएको छ ।
Download Snaptube APK
ADVERTISEMENT