
यस्तै, बर्दिबास र भाँगहका पीडित किसानलाई मुआब्जा तुरुन्तै उपलब्ध गराउने सहमति भएको छ । यस विषयमा शुक्रबार रेल विभागका महानिर्देशक अजय मूलसँग थप छलफल हुनेछ । 'त्यो छलफलबाट बर्दिबास र भंगहाका किसानलाई मुआब्जा वितरणका लागि प्रतिबद्धताको अपेक्षा गरेका छौं,' किसान उद्धव बुढाथोकीले भने । शुक्रबार सहमति भए मात्र काठमाडौंबाट फर्किने नत्र रेल विभाग घेराउ गरिने उनले बताए ।