
काठमाडौं, जेठ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक आज शुक्रबार काठमाडौंको शान्तिनगरस्थित राष्ट्रिय मुक्ती पार्टी नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता मोर्चाका वरिष्ठ नेता राजेन्द्र महतोले गरेका थिए। बैठकले मोर्चाको कार्यविधिलाई पूर्णता दिन सबै घटक दलहरूसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ।
कार्यविधि परिमार्जनपश्चात आगामी बैठकमा निर्णयार्थ पेश गरिने जनाइएको छ। मोर्चाले आदिवासी जनजाति सम्बन्धी सवालहरूमा काम गरिरहेका राजनीतिक दल र संगठन सँग सहकार्य गर्ने निर्णय पनि गरेको छ। उक्त सहकार्यलाई प्रभावकारी बनाउन मोर्चाको सचिवालय मार्फत संवाद प्रक्रिया अगाडि बढाइने छ।
हालको समयमा व्यापक बहसको विषय बनेको भिजिट भिसा सम्बन्धी बैठकले गम्भीर ध्यानाकर्षण गराएको छ। मानव तस्करी तथा भिषा दुरुपयोगमा संलग्न अपराधीहरू उपर कडा कारबाहीको माग गर्दै यथार्थ विवरण सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
बैठकले हिजो भारतको अहमदावादस्थित विमानस्थल नजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। उक्त दुर्घटनामा ज्यान गुमाउने दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मोर्चाले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। बैठकको उपस्थिति दल नेता जसपा नेपाल :- उपेन्द्र यादव, राजकिशोर यादव,राम कुमार शर्मा लोसपा नेपाल महन्थ ठाकुर, ज्ञानेन्द्र झा, मुकेश झा जनमत अब्दुल खान राष्ट्रिय मुक्ति पार्टी:-राजेन्द्र महतो, केशव झा,अनिल महासेठ, चन्द्रनारायण चौधरी नागरिक उन्मुक्ति :- लालबिर चौधरी जनता प्रगतिशील हृदयेश त्रिपाठी, डा.शिवजी यादव तमलोपा वृषेश चन्द्र लाल संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा यी नेताहरु उपस्थित रहेको केशव झाले बताए ।


Enter