
यता श्रेष्ठले अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार समाचार नमेटेको भन्दै नेपालखबरलाई विपक्षी बनाउँदै बुधबार दायर गरेको अदालतको अवहेलना मुद्दामा भने कारण देखाऊ आदेश जारी भएको छ । न्यायाधीश रामचन्द्र खड्काको इजलासले समाचार नमेट्नुको कारण देखाउन आदेश जारी गरेको छ ।