
उनले देशमा रहेका समस्या समाधान गर्न जनताले छानेर आफूहरूलाई पठाएको भन्दै कृषि, पूर्वाधारलगायतमा समस्या समाधान गर्न सक्नुपर्ने बताए । ‘हरेक आर्थिक वर्षमा आयव्ययमा छलफल गर्दा बजेटका पुस्तक च्यात्ने गर्छौ’, उनले भने,पोहोर परार र अहिले च्यातिरहेका छौ आगामी वर्ष च्यात्ने छौ कि छैनौ ?’ निर्वाचनका बेला सबै कामको जिम्मा लिएर आउने तर बजेट निर्माणमा जनप्रतिनिधिको सहभागिताका बारेमा पनि छलफल गर्नुपर्ने तथा निर्वाचन प्रणालीका कारण मन्त्री भइसकेपछि आफ्नो वडा र टोलमा बजेट नहाले जनताले प्रश्न गर्ने भन्दै त्यो स्वाभाविक भएको बताए । यदि मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट हाल्ने प्रवृत्ति रोक्ने हो भने हाम्रा यी संरचना र सिस्टमहरू परिवर्तन गर्न सक्नुपर्छ’, ढकालको भनाइ छ ।