सङ्घीय लोकतान्त्रिक मोर्चाले देशका ६ स्थानमा मोर्चाको औचित्यबारे सभा आयोजना गर्ने
zeenepal
२०८२ असार १५,
42
Shares
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा लाजिम्पाटमा मोर्चाको बैठक सम्पन्न भएको हो । बैठकले मोर्चाको उद्धेश्य, औचित्य र आवश्यकताबारे देशका ६ स्थानमा सभाहरू गर्ने निर्णय गरेको छ ।
काठमाडौँमा साउन १७ गते सभा गरिने छ भने भैरहवामा साउन २१ गते सभा गरिने छ । त्यस्तै कैलालीमा साउन २३ गते सभाको आयोजना गरिने नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताए । त्यस्तै विराटनगरमा भदौ १६ गते, जनकपुरमा भदौ १८ गते ,वीरगञ्जमा भदौ २० गते सभा आयोजना गरिने उनले बताए । त्यस्तै सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यविधि २०८२ पारित गरिएको छ । बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय मुक्ति पार्टी,लोसपा लगायत पार्टीका नेताहरूको सहभागीता रहेको थियो ।