नेपालगञ्ज । बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम'पुस्तक विमोचन गरिएको छ । नेपालगञ्ज निवासी सिंह ठकुरीको पुस्तक'संगीत स्वर सरगम'को उनको जन्मदिन पारेर नेपालगञ्जमा विमोचन गरिएको हो । उक्त पुस्तक सात जना बालबालिकाले संयुक्तरुपमा विमोचन गरेका थिए ।
असल शासन मिडियाले आयोजना गरेको कार्यक्रममा उनको पुस्तक संगीत स्वर सरगम'को विमोचन गरिएको हो । त्यस अवसरमा ठकुरीको जन्मोत्सब पनि मनाइएको थियो । असल शासन मिडियाकी डिला शाहको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य एवम् नेपालगञ्जका निवर्तमान मेयर डा. धवल शमशेर राणाको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेको विशिष्ट आतिथ्यतामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको थियो ।
पुस्तक प्रकाशनको संयोजन हरित अभियन्ता हेमन्तराज काफ्लेले गरेका थिए । ठकुरी प्रतिभाशाली ब्यक्तित्व हुन् । संगीत र कलाका साधक ठकुरी बहुमुखी प्रतिभाका धनी छन् । उनले बर्षौंदेखि प्रकाशन गर्न चाहेको पुस्तक प्रकाशन गर्ने वातावरण मिलाउन पाएको भन्दै काफ्लेले खुसी ब्यक्त गरेका थिए । संगीत अनुरागीहरुका लागि पुस्तक उपयोगी हुनेछ । कार्यक्रमको सञ्चालन असल शासन मिडियाका नमस्कार शाहले गरेका थिए । ठकुरीलाई त्यस अवसरमा नागरिक अभिनन्दन समेत गरिएको थियो ।
ADVERTISEMENT

