काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ ।सांसद गौतमले प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरू नफर्किएको समाचार आएको भन्दै उक्त विषय गम्भीर रहेको बताएकी थिइन् ।
त्यसप्रति आपत्ति जनाउँदै बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् केही माननीयज्यूहरूले असाध्यै भ्रामक, तथ्यहीन र आपत्तिजनक विषय यो संसद्मा राख्नुभएको छ । बोल्न पाउने अधिकारलाई दुरुपयोग गर्दै प्रधानमन्त्रीज्यू स्पेनको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी भएर फर्किसक्नुभयो,’ बर्तौलाले भने, ‘उहाँ स्पेनको कार्यक्रममा सहभागी हुँदै गर्दा केही मान्छे स्पेनमै बसेका छन्, भिजिट भिसामा गएर फर्किएका छैनन् भन्ने विषय यहाँ प्रस्तुत भए ।
ADVERTISEMENT

