नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरले नयाँ गुठी व्यवस्थापन समिति पाएको छ । नियमित पूजा व्यवस्थापन र मन्दिरको सम्पत्तिको सुरक्षाको जिम्मेवारी सहित गुठी संस्थानले नयाँ गुठी व्यवस्थापन समिति गठन गरि जिम्मेवारी तोकेर पठाएको हो ।
समितिको अध्यक्षमा कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी चयन भएका छन् । समितिको सचिवमा ओम प्रकाश आजाद, कोषाध्यक्षमा मधुसुदन रिजाल, सदस्यमा उमा थापा मगर र सदस्यमा सुनिलसिंह हमाल नियुक्त भएका छन् । गुठी संस्थान नियमावली अनुसार मन्दिर रहेको वडाका वडा अध्यक्ष पदेन सदस्य रहनेछन् भने मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख सदस्यसचिव र जिल्ला प्रशासनले ताकेको अधिकृत पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
ADVERTISEMENT

