काठमाडौं १२ असार। गृहमन्त्री बालकृष्ण खाँणले लागुपदार्थको दुर्व्यसनबाट नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।लागु औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री खाँणले लागु पदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताए ।
युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउन, पाठ्यपस्तकमा लागु औषध दुव्र्यसनका असरबारेका विषयबस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउन र दुर्व्यसनीमा फसेका युवाहरुलाई सुधार्न विषेश अभियान थाल्नुपर्ने उनको धारणा छ ।कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले लागु औषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिकहरू आ-आफ्नो तर्फबाट सचेत हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा लागु औषधविरुद्ध सक्रिय विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।कार्यक्रम अघि राष्ट्रिय सभागृहबाट सुरु सुरु भएको प्रभातफेरी भद्रकाली, सुन्धारा, न्यूरोड, रत्नपार्क, बागबजार हुँदै पुनः राष्ट्रिय सभागृहमा आएर टुंगिएको थियो ।
ADVERTISEMENT

