काठमाडौँ । सात दलीय सङ्घीय लोकतान्त्रिक मोर्चाले साउन १८ गते काठमाडौँमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।काठमाडौँबाट सुरु हुने अन्तरक्रिया सात वटै प्रदेशमा गर्ने तय भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए । काठमाडौँमा साउन १८ गते हुने कार्यक्रमको तयारीमा मोर्चा जुटेको बताउँदै उनले त्यसको तयारीका लागि भोलि शनिवार मोर्चाको बैठक बोलाएको बताए
बैठकमा मोर्चामा आबद्ध दलका जिल्ला अध्यक्षहरूलाई पनि बोलाइएको छ । कार्यक्रम सफल बनाउनका लागि मोर्चामा आबद्ध दलका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने उनले बताए । अन्तरक्रियामा भूमि विधेयक, संविधान संशोधनलगायतका विषयमा छलफल हुने बताए ।
भोलिको बैठकले मोर्चामा आबद्ध दलहरूलाई कार्यक्रमको जिम्मेवारी बाँडफाँड समेत गरिनेछ ।काठमाडौँपछि लुम्बिनी प्रदेशको भैरहवामा साउन २१, नेपालगन्जमा २३ गते, सुदूरपश्चिम प्रदेशको कैलालीमा २५ गते, कोशी प्रदेशको विराटनगरमा भदौ १६ गते, मधेस प्रदेशको राजविराजमा १८, जनकपुरमा २० र वीरगन्जमा २२ गते कार्यक्रम तयारी रहेको छ ।
ADVERTISEMENT

