काठमाडौं । विगतका अभ्यास जस्तै यस पटक पनि सुरक्षा प्रोटोकल अनुसार सेनाको सहभागीतामा मतपेटिका गणनास्थलसम्म हुने नेपाली सेनाले बताएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसारकै प्रोटोकल अनुसार सेनाले मतपेटिका ढुवानी गर्ने बताएको छ ।
जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरूकै सहभागीतामा सेनाको टोलीले मतगणनास्थलसम्म मतपेटिका ढुवानी गर्ने बताएको छ । सैनिक मुख्यालय जंगी अड्डाले आइतबार एक विज्ञप्ती जारी गर्दै यसबारे प्रष्ट पारेको हो ।२०४८ साल यताका सबै निर्वाचनहरुमा नेपाली सेना परिचालन भइ मतपत्र छपाई स्थलको सुरक्षा, सबै जिल्लाहरुमा मतपत्र ढुवानी, तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्दै आएको सेनाले बताएको छ ।

