काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले सर्पको टोकाइबाट अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न सहज र सुलभ उपचारको प्रभावकारी व्यवस्था मिलाउन माग गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद मिजारले प्रत्येक पालिका तहमा नै सर्पदंशको उपचारको प्रभवकारी व्यवस्था मिलाउन माग गरिन् ।
‘सर्पदंशको कारण नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रत्येक पालिका तहमा नै सर्प दंशको सहज र सुलभ उपचारको प्रभावकारी व्यवस्था मिलाउन माग गर्दछु,’ सांसद मिजारले भनिन् ।उनले नेपालमा ८२ भन्दा बढी प्राजातिका सर्प पाइने र तीमध्ये २१ प्रजातिका सर्प विषालु हुने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनलगायतका कारणले विभिन्न माध्यमबाट तराइमा पाइने विषालु सर्प पहाड र हिमाली भेगमा समेत फैलिएकाले देशैभरि सर्पदंशको घटना बढिरहेका बताइन् ।
ADVERTISEMENT

