झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।मन्त्री दाहालले काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड, दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
त्यसक्रममा मन्त्री दाहालले निर्धारित समय भित्रनै सडक बिस्तारको काम सक्न निर्देशन दिए ।योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भए पछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ । कार्यक्रममा सडक विभागका महा निर्देशक डा विजय जैसी, ए डी बि परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभागका अधिकारीहरूको सहभागिता रहेको थियो । ८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।
ADVERTISEMENT

