
यस्तै, प्रधानममन्त्री कार्कीले दसैंको शुभकामना सन्देश दिँदै सरकार तोकेकै मितिमा निर्वाचन गर्न कटिबद्ध रहेको बताएकी छन् । युवा पुस्ताको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेकी छन् ।
समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै उनले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न म सबैमा अपिल गरेकी छन् । दसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने उनको कामना छ ।