काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेका र तीन शहर जोड्ने गरी ट्रली बस चलाउने परियोजनाको अध्ययनमा सहयोग गर्न नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जसँग आग्रह गरेका छन् मन्त्री घिसिङ र राजदूत भोल्जबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटमा सो रुटमा ट्रलीबस, चार्जिङ स्टेसन, त्यस क्षेत्रमा बढ्ने विद्युत भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि गर्नु पर्ने कामका लागि अध्ययन आवश्यक भएकाले सहयोग गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ । राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीकातर्फबाट बधाइ दिए । उनीहरु जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जारुपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायत विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्याउँदै आएको सहायता बढाउन आग्रह गरे
ADVERTISEMENT

