काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानत गरे ।दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए । कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

