काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफ्नो कार्य सञ्चालनलाई प्रभावकारी बनाउन ८५ वटा नयाँ सवारीसाधन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले ७५ वटा पेट्रोल पिकअप (गस्तीका लागि) र १० वटा विद्युतीय एस्कर्ट गाडी खरिद गर्नका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको हो।प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना प्रकाशित गर्दै इच्छुक आपूर्तिकर्ता कम्पनीहरूलाई विद्युतीय माध्यमबाट बोलपत्र पेस गर्न अनुरोध गरेको छ।
सूचना अनुसार, इच्छुक कम्पनीहरूले कार्तिक १४ गते दिउँसो १२ः ०० बजेभित्र वेबसाइटमार्फत आफ्नो प्रस्ताव पेस गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो २ः ०० बजे खोलिनेछ।यो खरिदले प्रहरीको नियमित गस्ती र सुरक्षा कार्यमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। जेनजी आन्दोलनका क्रममा प्रहरीका कैयन गाडीहरु जलेका थिए ।
ADVERTISEMENT

