नेपालगन्जः दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा शनिबार वार्षिकोत्सव कार्यक्रम आयोजना गर्यो । कम्पनीका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षता एवम लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा स्वास्थ्य पेजका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठ, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, भेरी अस्पतालका मेसु डा. निराजन सुवेदी, नेपालगन्ज मेडिकल कलेजका संचालक डा. सुरेश कुमार कनोडिया, राप्ती सोनारी स्वास्थ्य शाखा प्रमुख देबेन्द्र केसी लगायतले बोलेका थिए । उक्त कार्यक्रममा स्वास्थ्यपेज विशेषांक विमोचन गरियो । सोही समारोहमा अग्रज चिकित्सक डा. विनोद थापालाई सम्मान गरियो । २०७७ साल असोज २२ गते स्वास्थ्यपेज डटकमले पश्चिम नेपालमा स्वास्थ्यलाई विट बनाएर आफ्नो यात्रा प्रारम्भ गरेको थियो । हरेक वर्ष असोज २२ मै वार्षिकोत्सव मनाउँदै आइएको भए पनि पछिल्लो विषम परिस्थितिका कारण केही दिनपछि धकलिन गएको अध्यक्ष ढकालले बताए ।